१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमालेको होहल्ला पछि संसदको बैठक १५ मिनेटका लागि स्थगन



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले सार्वजनिक महत्वको विषयमा बोल्दै गर्दा एमाले सांसदहरुले बैठक अवरोध गरेका छन् । मन्त्री बडुले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बिहीबार आयल निगमबारे संसदमा गरेको टिप्पणी आधारहीन र राजनीतिक पूर्वाग्रहका आधारमा भएको जवाफ दिएपछि एमाले सांसदहरु आसनबाट उठेर होहल्ला गरेका थिए । 

त्यसपछि उनीहरुले मन्त्रीह बडूका अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने अडान राखेका थिए । सभामुख अग्नि सापकोटाले प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतको भनाइ अनुसार रेकर्ड हेरिने तर सांसदहरुलाई पटकपटक बस्न आग्रह गर्दा पनि उनीहरुले अटेर गरेका थिए । त्यसपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन गरेको घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !