७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



काठमाडौं । आर्थिक वर्ष २०७९–८० को बजेटको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार राष्ट्रियसभामा सरकारको नीति तथा तथा कार्यक्रमको छलफलमा परेको संशोधनको माग खारेज गर्दै बहुमत सदस्यहरुले नीति तथा कार्यक्रम पास गरेको हो । जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हुन्छ वा हुँदै भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई सोध्दा बहुमत सदस्यले हुन्छ भनेर पास गरेका छन् । योसँगै आगामी जेठ १५ गते दिउँसो ३ बजे सरकारले दुबै सदनको संयुक्त सभामार्फत आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस !