११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

उत्तर कोरियामाथिको अमेरिकी प्रतिबन्ध पहिलो पटक चीन र रुसद्वारा भिटो प्रयोग गरी खारेज



एजेन्सी । संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठक बिहीबार उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्धहरूमा साझा मतमा पुग्न असफल भयो। अमेरिकी राष्ट्रपति जो बाइडेनको एसिया भ्रमणको क्रममा प्योङयाङले यस हप्ता गरेको पछिल्लो मिसाइल परीक्षणपछि वाशिङ्टनले गरेको दण्ड प्रस्तावलाई रुस र चीनले भिटो प्रयोग गरि खारेज गरिदिएका छन् । उत्तर कोरियाले आफ्नो सबैभन्दा ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र अन्य दुई वटा परीक्षण गरेको आरोप लगाएको एक दिनपछि मतदान भएको हो। मतदान अघि, अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको लागि खतराको सामना गर्दै एकताको लागि आह्वान गरेका थिए ।

तर चीन र रसियाले अमेरिकाले प्रसताव गरेको नयाँ प्रतिबन्धविरुद्ध भिटो भिटो प्रयोग गरि असफल पारी दिएका छन् । सन् २००६ मा उत्तर काोरियाले पहिलो आणविक परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघले प्रतिबन्धहरू लगाएको थियो । अमेरिकी नेतृत्वको पश्चिमा देशहरुले वर्षौंदेखि तिनीहरूलाई कडा पार्दै आएका थिए । सन् २०१७ मा पछिल्लो चरणको प्रतिबन्ध पछि, मस्को र बेइजिङले थप दबाब कतै नपुग्ने बाटो भएको र प्योङयाङलाई एकतर्फी रूपमा निशस्त्र हुन बाध्य पार्ने सम्भावना नरहेको भन्ने तर्क गर्दै आएका छन्।

अमेरिकाको नयाँ प्रस्तावले उत्तर कोरियाको कच्चा तेल र प्रशोधित पेट्रोलियम उत्पादनहरूको पहिले नै सीमित आयातमा थप २५ प्रतिशतले कटौती गर्न, थप समुद्री प्रतिबन्धहरू लगाउने र देशलाई खनिज ईन्धन, तेल र मैन निर्यात गर्न प्रतिबन्ध लगाउन खोजेको थियो। वाशिंगटनले प्योङयाङ सरकारको तर्फबाट साइबर जासूसी, डाटा चोरी, मौद्रिक चोरीको आरोपमा विदेशमा उत्तर कोरियाली कामदारहरूको निरीक्षण गर्ने, राज्य निगमको साथै लाजरस ह्याकिङ समूहमा विश्वव्यापी सम्पत्ति फ्रिज गर्ने प्रस्ताव पनि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !