१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

रेनु दाहाल चढेको गाडी पोलमा ठोक्कियो, टाउकोमा चोट लागेपछि सुमेरु अस्पतालमा भर्ना



काठमाडौं । भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेनु दाहाल अस्पताल भर्ना भएकी छन्। शुक्रबार दिउँसो गाडी दुर्घटना हुँदा घाइते भएकी उनलाई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हो। उनको टाउकोमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ। हहिले उनको टाउकोको सिटी स्क्यान गरिएको र रिपोर्ट आउन बाँकी छ। प्रहरी स्रोतका अनुसार उनी चढेको प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी जावलाखेलको स्टाफ कलेज नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा उनी घाइते भएकी हुन्। उनको टाउकोमा चोट लागेपछि लगत्तै सुमेरु अस्पताल भर्ना गरिएको हो।


प्रतिक्रिया दिनुहोस !