१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अब भान्साबाटै विद्रोह सुरु हुने खतरा बढ्यो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि नरोकिए भान्साबाटै विद्रोह सुरु हुनसक्ने बताएका छन् । प्रतिनिधसभा बैठकमा शनिबार बोल्दै अध्यक्ष प्रचण्डले मूल्य वृद्धि नरोकिए भान्साबाटै विद्रोह सुरु हुनसक्ने भन्दै कर घटाएर भए पनि रोक्नु पर्ने बताएका हुन् ।

‘महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । भान्साबाट विद्रोह सुरु हुन्छ कि भन्ने परिस्थिति बनेकै छ’ प्रचण्डले भने, ‘पेट्रोलियम पदार्थमा छिमेकी देशहरूले कर छुट दिएर मूल्य समायोजन गर्ने प्रयास गरेका छन् । हाम्रोमा पनि त्यसैगरी जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् ।

प्रधानमन्त्रीलाई भनेको छु कर घटाएर भए पनि मूल्य वृद्धि रोक्नुपर्‍यो । अन्यथा जनतामा आक्रोश बढ्न सक्छ ।’ अन्तर्राष्ट्रिय राजनीति, कोरोनालगायतका कारण नेपाल पनि असर परेको भन्दै उनले सबैले यसको सामना सबै मिलेर गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय