११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल सुचारु



काठमाडौं । पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ । दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो । बिहानको सयममा निकै चापमा हुने विमानस्थल रोकिंदा थुप्रै उडानहरु प्रभावित भएका थिए ।


प्रतिक्रिया दिनुहोस !