१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आफू भन्दा २३ वर्ष कम उमेरकी अभिनेत्रीसँग होटलमा भेटिए एलन मस्क



एजेन्सी । विश्वकै धनी ब्यक्ति एलन मस्क आफ्नो नयाँ गर्लफ्रेण्डसँग क्यामेरामा कैद भएका छन् । एलन मस्क फ्रान्सको सेन्ट ट्रोपेजमा अष्ट्रेलियन अभिनेत्री नताशा ब्यासेटसँग लञ्च गरिरहेको अवस्थामा भेटिएका हुन् ।डेली मेलको एक रिपोर्ट अनुसार एलन मस्क र अभिनेत्री नताशा ब्यासेट लञ्चका लागि शेवल ब्ल्याङ्क होटल पुगेका थिए । उक्त होटलमा एक रातको लागि एउटा कोठा ९रुम०को चार्ज १३ सय डलरबाटबाट सुरु हुन्छ । लञ्च खाइसकेपछि एलन र ब्यासेट समुद्र किनारमा घुमिरहेको अवस्थामा पनि स्पट गरिएको थियो ।

२७ वर्षीया नताशा ब्यासेट ५० वर्षीय एलन मस्कको सबै भन्दा कम उमेरकी गर्लफ्रेण्ड हुन् । सार्वजनिक तस्वीरमा जेडिग र वोल्टेयर पहिरनमा नताशा निकै सुन्दर देखिएकी छन्, भने एलन मस्कले ग्रे टी–शर्ट र ब्ल्याक जिन्स लगाएका छन् ।

सार्वजनिक खबर अनुसार यसै वर्षदेखि एलन र नताशाले एक अर्कालाई डेट गरिरहेका छन् । उनीहरु दुवै एलन मस्कको प्राइभेट जेटमा लस एञ्जिलसमा उत्रिएका थिए । यस अगाडि अर्बपति एलन मस्क ग्रिम्ससँग रिलेशनसीपमा थिए । तर, उनीहरु दुवैले २०२१ को सेप्टेम्बरमा एक–अर्कासँग अलग भएको घोषणा गरेका थिए ।जानकारी अनुसार अभिनेत्री नताशा ब्यासेट १९ वर्षको उमेरमा नै अष्ट्रेलियाबाट अमेरिका सिफ्ट भएकी थिइन् । त्यसपछि उनले न्यूयोर्कमा काम गर्ने गर्थिन् । त्यसको केही समयपछि उनी लस एञ्जिलसमा गएकी थिइन् । एलन मस्क र ब्यासेटको पहिलो भेट कहाँ भएको थियो भन्नेबारे कुनै जानकारी गराइएको छैन ।

अर्बपति एलन मस्क ७ छोरा–छोरीका बुबा हुन् । उनको तीन पटक सम्बन्ध विच्छेद भइसकेको छ । जहाँ उनको एउटै महिलासँग दुई–दुई पटक सम्बन्ध विच्छेद गर्नुपरेको थियो । मस्कले पहिलो श्रीमति जस्टिन विल्सनलाई ओन्टिरियोमा भेटेका थिए । त्यतिखेर उनीहरु दुवै जना पढ्दै थिए ।

सन् २००० मा उनीहरुले विहे गरेका थिए । तर, उनीहरुको २००८ मा सम्बन्ध विच्छेद भएको थियो । एलन मस्क र जस्टिनको ५ जना छोरा–छोरी छन् । त्यसपछि एलन मस्क ब्रिटिश अभिनेत्री तलुलाह रिलेसँग वैवाहिक बन्धनमा बाँधिएका थिए । उनीहरुको २०१० मा विवाह भएको थियो, भने २०१२ मा सम्बन्ध विच्छेद भएको थियो ।

तर, उनीहरुले सन् २०१३ मा पुनः विवाह गरे । तर, सन् २०१६ मा उनीहरुको फेरि सम्बन्ध विच्छेद भयो । त्यसपछि मस्क एम्बर हर्डसँग रिलेशनसीपमा रहँदै आएका थिए । तर, एक वर्षपछि उनीहरुले आ–आफ्नो बाटो लागे ।

त्यस्तै सन् २०१८ मा मस्क गायिका ग्रिम्ससँग रिलेशनसीपमा आएका थिए । मस्क र ग्रिम्सको २ जना बच्चा पनि छन् । तर, सन् २०२१ मा उनीहरुले आफूहरु एक–अर्कासँग अलग भएको घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !