८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

एकीकृत समाजवादीका नेता चौधरीको दुर्घटनामा परि निधन



राजविराज । सप्तरीमा हिजो साँझ भएको सवारी दुर्घटनामा नेकपा एकीकृत समाजवादीका नेता रामनारायण चौधरीको निधन भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नंको स्कुटरलाई ना.६ ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सुरुङ्गा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बनेका थिए । उनी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय