१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, हजारौं यात्रुहरु बाटोमै अलपत्र



चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । बुधबार राति चितवनको इच्छाकामना– ६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । बिहान पनि सोही पहिरोमाथि झन् ठूलो पहिरो खसेको छ ।

सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास जारी रहेको छ । तर पनि वर्षा भइरहेका कारण पहिरो हटाउन कठिन रहेको जनाइएको छ । तर पनि सडक खाेल्ने प्रयास निरन्तर जारी रहेकाे जनाइएकाे छ ।


प्रतिक्रिया दिनुहोस !