७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति



काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उनले जानकारी दिए । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ ।

गत वर्ष जेठ मसान्तमा सिन्धुपाल्चोकमा आएको बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो । फेरि बर्खायाम सुरु भएपछि स्थानीय त्रसित छन् ।


प्रतिक्रिया दिनुहोस !