११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

तालाबन्दी गर्दागर्दै थाक्यो नेविसंघ ! अन्ततः आफैंले खोल्यो त्रिविमा लगाएको ताला



काठमाडौं । कांग्रेस समर्थित नेपाल विद्याथी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा तालाबन्दीसहितको आन्दोलन कार्यकमहरु स्थगित गरेको छ । पन्ध्र दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गर्दै नेविसंघले तत्कालका लागि आन्दोलन कार्यकमहरु स्थगित  गरेकाे हाे ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले त्रिविभित्रको भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङ्खलाबद्ध प्रणालीगत प्रहारका बारेमा छानविन समितिको माग गर्दै तत्कालका लागि तालाबन्दीसहितको आन्दोलन स्थगित गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !