१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सलमान खानको हत्या गर्न घरमै गएको सार्पसुटर टोलि गोली नहानी फर्किएको सनसनीपूर्ण खुलासा



काठमाडौं । बलिउड स्टार सलमान खानको हत्या गर्ने असफल प्रयास गरिएको खुलासा भएको छ । लरेन्स विष्णोइ नामको संगठनले सलमानको घरमै सार्पसुटर पठाएर उनलाई मार्न खोजेको हो ।

सिद्दु मुसेवालाको हत्या गर्ने विष्णोइ समूहले सलमानको समेत हत्या गर्ने प्रयास गरेको टाइम्स नेटवर्कले जनाएको छ । यो घटना कहिलेको हो भन्ने चाहिँ खुलाइएको छैन । समाचारअनुसार अन्तिम समयमा सलमानलाई गोली हान्ने निर्णयबाट सार्पसुटरले पछि हटेका थिए ।

त्यस दिन बिहान सलमान सधैँझै आफ्नो निवासको कम्पाउन्डमा साइक्लिङ गरिरहेका थिए । उनको छेउछाउ कुनै बडीगार्ड पनि थिएनन् । हक्कीको ब्यागमा बन्दुक बोकेका सार्पसुटर सलमानमा बाहिर ढुकेर बसेका थिए । सलमान गेटबाट निस्कनासाथ गोली हान्ने उनीहरूको तयारी थियो ।

तर, ठिक त्यही बेला मुम्बई पुलिसको एउटा टिम सलमानको गेटमै आइपुग्यो । त्यस दिन सलमानको एउटा कन्सर्ट भएकाले उनलाई स्कर्टिङका लागि प्रहरीको टोली आएको थियो । अचानक प्रहरीलाई देखेपछि सार्पसुटर हच्किए । उनीहरूले अहिले गोली नहान्ने निर्णय गरेर फर्किएको समाचारमा जनाइएको छ ।

केही दिन अगाडि मात्रै सलमान खान र उनका पितालाई ज्यान मार्ने धम्कीसहितको पत्र भेटिएको थियो । सलमानका पिता सलिम खानले मर्निङ वाकपछि आराम गर्ने क्रममा बेन्चमै सो पत्र भेटेका थिए । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । उक्त पत्र पनि विष्णोइ समूहले नै पठाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !