४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

अनाथालयकी बालिका बलात्कार गरेको आरोपमा अध्यक्ष र सरकारी कर्मचारी पक्राउ



इलाम । बालिका बलात्कार गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ । अनाथालयकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। राई नेपाल विद्युत् कार्यालय इलाममा कार्यरत कर्मचारीसमेत रहेको बताइएको छ ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा परेका छन् । उनीमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !