१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

मोहन्याल गाउँपालिकाका अध्यक्ष उपाध्याय पदबाट निलम्बनमा, निर्वाचनमा भाग लिन नपाउने



धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय अध्यक्ष पदबाट स्वतः निलम्बनमा परेका छन् । आइतबार निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशनात्मक पत्र पठाउँदै पदबाट स्वतः निलम्बनमा रहेकाले कुनै पनि अधिकारको प्रयोग गर्न नदिन अनुरोध गरेको हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पदधारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बनमा भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशनुसार अनुरोध छ’ सो पत्रमा भनिएको छ । उनी निलम्बनमा परे पछि सोमबार हुन लागेको जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाउने छैनन् ।

आइतबार नै उनलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको थियो । दाबी विरोध र उजुरीको समय सकिएपछि निर्वाचनमा सहभागी नगराउन भन्दै शनिबार निवेदन परेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !