७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

के हो आईजीपी बढुवा विवाद ? सर्वोच्चमा विवादको अन्तिम सुनुवाइ आज



काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ आज हुँदैछ । यसअघि जेठ १७ गतेका लागि पेसी तोकिए पनि अवकाश पाइसकेका डीआईजीहरूले दर्ता गरेको रिट पनि एकै ठाउँमा राखेर हेर्ने आदेश भएको तर विपक्षीका नाममा म्याद तामेल भइसकेको भन्दै सर्वोच्चले आजका लागि पेसी तोकेको थियो ।

एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजी धिरजप्रताप सिंहलाई आईजीपी बनाएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

गत वैशाख २२ गते सर्वोच्च अदालतले पोखरेलको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेपनि जेठ १७ गतेका लागि पेसी सार्न नमिल्ने गरी अन्तिम सुनुवाइ तोकेको थियो । तर, त्यसको तीन दिनपछि अवकाश पाइसकेका तीनजना डीआईजीको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनिहरूको मुद्दामा पोखरेलको मुद्दासमेत सँगै राखेर एकै ठाउँमा हेर्ने आदेश गरेको हो ।

अवकाश पाइसकेका डीआईजीले हालेको रिटमा विपक्षी बनाइएकाहरूलाई म्याद तामेल नभएको र उनीहरूको लिखित जवाफसमेत नपरेको भन्दै जेठ १७ लाई पेसी सारिएको थियो । तर, त्यो दिनको आदेशमा जेठ ३० गतेको पेशी सार्न मिल्ने वा नमिल्नेबारे केही उल्लेख छैन ।

गत वैशाख १९ मा अवकाश पाइसकेका डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजङ कार्कीले एआईजी सिफारिसविरुद्ध दर्ता गरेको रिटमा पोखरेलले आईजीपी बढुवाविरुद्ध दर्ता गरेको रिटलाई पनि एकसाथ राखेर हेर्ने अदालतले आदेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !