८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

काठमाडौंमा बिहानैबाट वर्षा, मधेस र प्रदेश–१ मा भारी वर्षाको सम्भावना



काठमाडौं । गण्डकी, वाग्मती, मधेस र प्रदेश–१ का केही स्थानमा आज बिहान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौंमा बिहानैबाट पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ का धेरै स्थानमा पानी पर्नेछ । मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश–१ र मधेस प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

आज राति पनि प्रदेश–१ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रदेश–१ र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !