१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

भोलिदेखि कार्यालय समय पुरानै, हप्ताको ६ दिन खुल्ने



काठमाडौं । सरकारले भोलि (असार १) देखि कार्यालय समय पुरानै निर्धारण गरेको छ । दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले कार्यालय समय ६ दिन लागु गर्ने भएको हो । 

“मन्त्रिपरिषद्को मिति २०७९/०२/२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ,” गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै भनेको छ, “सबै सरकारी कार्यालयहरूमा आतबारदेखि विहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।” 

शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !