८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

चितवनको बाराही जंगलको लजमा सप्पन्न भयो इन्दिरा जोशीको विवाह



काठमाडौं । गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाको आज विवाह भइरहेको छ । चितवनको बाराही जंगल लजमा उनीहरुको विवाह भइरहेको स्रोतले जनाएको छ ।

दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।

इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । गत वर्ष माउन्ट एभरेस्ट फेसन रनवे कार्यक्रमको सिलसिलामा नाम्चे पुगेको बेला शरदले इन्दिरालाई विवाह प्रस्ताव राखेका थिए । इन्दिराले पनि सोही ठाउँमा विवाह प्रस्ताव स्वीकारेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !