१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

करनको उत्कृष्ट बलिङ, ओमानलाई दोस्रो झट्का



काठमाडौं । विश्वकप लिग २ क्रिकेटमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको ओमानले दोस्रो विकेट गुमाएको छ । ओमानका ओपनर काश्यप कुमारलाई २ रनमा आउट गरेका तीब्र गतिका बलर करन केसीले अर्का ब्याटर सोएव खानलाई पनि २ रनमै आउट गरेका छन् । ओमानले ११ रनमै पहिलो विकेट गुमायो । भने १५ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमायो । अहिले ओमान ८ ओभरमा दुई विकेट गुमाएर २२ रन बनाएर खेलिरहेको छ । नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । सुशन भारीको स्थानमा अर्का देव्रे हाते स्पिनर सागर ढकाललाई समावेश गरिएको छ । पहिलो दुई खेलमा सुशनले कुनै विकेट लिन सकेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !