१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

संकटमा ओमान, करनपछि सन्दीपले पनि लिए २ विकेट



Sandeep Lamichhane of Nepal during the ICC Cricket World Cup League 2 match between Nepal and USA at TU Cricket Stadium on 12 Feb 2020 in Nep (1)

काठमाडौं । विश्वकप लिग २ क्रिकेटमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको ओमानले चैथो विकेट गुमाएको छ । कप्तान सन्दीप लामिछानेले ओमानका ब्याटर जितेन्द्र सिंहलाई २३ रन र ए खानलाई शुन्री रनमा बोल्ड आउट गरे । त्यस्तै ओपनर काश्यप कुमारलाई २ रनमा आउट गरेका तीब्र गतिका बलर करन केसीले अर्का ब्याटर सोएव खानलाई पनि २ रनमै आउट गरे । ओमानले ११ रनमै पहिलो विकेट गुमायो । भने १५ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमायो । अहिले ओमान १४.४ ओभरमा ४ विकेट गुमाएर ४७ रन बनाएर खेलिरहेको छ । नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । सुशन भारीको स्थानमा अर्का देव्रे हाते स्पिनर सागर ढकाललाई समावेश गरिएको छ । पहिलो दुई खेलमा सुशनले कुनै विकेट लिन सकेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !