८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पचास रन नपुग्दै ओमानको पाँचौ विकेट पतन



काठमाडौं । विश्वकप लिग २ क्रिकेटमा नेपालविरुद्ध टस जितेर ब्याटिङ गरेको ओमानले पचास रन पूरा नगर्दै ५ विकेट गुमाएको छ । कप्तान सन्दीप लामिछानेले ओमानका ब्याटर जितेन्द्र सिंहलाई २३ रन, ए खानलाई शुन्य र खवार अलिलाई १ रनमा आउट गरेपछि ओमान संकटमा परेको छ । बोल्ड आउट गरे । त्यस्तै ओपनर काश्यप कुमारलाई २ रनमा आउट गरेका तीब्र गतिका बलर करन केसीले अर्का ब्याटर सोएव खानलाई पनि २ रनमै आउट गरे । ओमानले ११ रनमै पहिलो विकेट गुमायो । नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ । सुशन भारीको स्थानमा अर्का देव्रे हाते स्पिनर सागर ढकाललाई समावेश गरिएको छ । पहिलो दुई खेलमा सुशनले कुनै विकेट लिन सकेका थिएनन् ।


प्रतिक्रिया दिनुहोस !