७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

महिला कुट्ने मन्त्री मुख्यमन्त्री निवासमा, स्वास्थ्य परीक्षणको तयारी



दाङ । प्रेमीको श्रीमती कुटेर प्रहरी नियन्त्रणमा परेकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री निवासमा राखिएको छ ।

उनलाई गएराति दाङ बाट बुटवल लगिएको थियो । प्रहरी स्रोतका अनुसार उनलाई प्रहरी पहराका साथ रातारात बुटवलस्थित मुख्यमन्त्री कुलबहादुर केसीको निवासमा लगिएको हो ।

अहिले पनि विमला मुख्यमन्त्री निवासमै छन् । उनले आफू अस्वस्थ भएको बताएकाले उनको स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !