१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

राज्यमन्त्री वली प्रकरणमा जवाफ माग्दै एमालेले गर्‍यो लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध



बुटवल । बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणमा सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको हो ।

बैठक प्रारम्भ भएको लगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सभामुखले २५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !