
काठमाडौं । विश्वकप लिग २ क्रिकेटमा अमेरिकाले नेपाललाई ३९ रनले पराजित गरेको छ । अमेरिकाले दिएको २४६ रनको लक्ष्य पन्छाएको नेपाल २०६ रनमा अलआउट भयो । नेपालको ओपनिङको असफलतासंगै मध्यक्रमको पनि ब्याटिङ कमजोर हुँदा अमेरिकाले दिएको २४६ रनको मध्यम लक्ष्य नेपालले भेट्टाउन सकेन । नेपाललाई आरिफ शेख र सोमपाल कामीले सम्हाल्न खोजे ।
आरिफले ६३ र सोमपालले ४७ रन बनाए । त्यस्तै देव खनालले ३४ रन बनाए । कुशल भुर्तेल १०, आसिफ शेख १८ र दीपेन्द्र ऐरी ७ रनमै आउट भए । नेपालका लागि करन केसीले ३, संदीप लामिछानेले २ र दीपेन्द्र ऐरीले १ विकेट लिए । अमेरिकाका लागि गजानन्द सिंहले ५८, शुसान्त मोदानी ५४ र अरोन जोनले ४३ रनको महत्त्वपूर्ण पारी खेले ।