१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

म्याग्दीका ४४ बस्तीका हजार घरधुरी पहिरो र कटानको जोखिममा



काठमाडौं । म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा परेका छन् । बेनीमा रहेको भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले जिल्लाका ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब १ हजार घरधुरी जोखिममा रहेका जानकारी दिएको हो। 

कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३ सय ५७ दशमलव ९ हेक्टर जमिन भू–क्षयबाट प्रभावित भएको जानकारी दिए। ‘म्याग्दीबाट वार्षिक २ हजार ५ हजार १९ दशमलव ७६ मेट्रिक टन माटो भू–क्षयका कारण बगेर जाने गरेको छ,’ उनले भने, ‘माथिल्लो क्षेत्रमा पहिरो र भूक्षय हुँदा नदीमा बाढीको आयातन बढेर कटान हुने गरेको छ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय