८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

महाकालीमा पानीको बहाव २०७० यताकै उच्च, किनारका बस्ती डुबानमा



कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८ क्यूसेक नाघेपछि कञ्चनपुरस्थित तटीय क्षेत्रका सबै बस्ती डुवानमा परेका हुन् । भीमदत्त नगरपालिकाको खल्लामछेट्टीदेखि झोलुंगेसम्म र दोधारा चाँदनी नगरपालिकाको महाकाली किनारका सबै बस्तीहरुमा बाढी पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार डुवान तथा जोखिममा रहेका परिवारको रातीदेखि नै उद्धारको काम भइरहेको छ । तर हालसम्म कति परिवार विस्थापित भए भन्ने यकीन तथ्यांक भने नभएको बताइएको छ । यस्तै महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिचसमेत कटान गरेको छ । अन्य नदीहरुमा पनि पानीको सतह बढ्दै गएपनि हालसम्म डुवानमा भने नपरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !