१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई जना पक्राउ



अर्घाखाँची। अर्घाखाँचीमा गत जेठ १ गते देखि यता एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने एक महिला भएको प्रहरीले खुलासा गरेको छ । सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो । तत्पश्चात ती बालिकालाई बलात्कार गराउनमा हजुर आमा नाता पर्ने छिमेकी ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको खुलासा भएको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ, बिस्कुट खान जाउँ भन्ने आश्वासन दिदै र अन्य लोभ लालच समेत देखाउँदै बलात्कारको शिकार बनाएकी थिइन् । त्यस यता पनि उनले आफ्नो घरमा र पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले ती दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !