१४ असार २०७९, मंगलवार
 |   Tue Jun 28 2022
Logo

दलहरू गठबन्धनमा लिप्त हुँदा महँगीले जनताको ढाड भाँचिदैछ : बाबुराम



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन् । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उनको भनाइ छ ।

‘हाम्रा दल नेता सत्तारगठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रारक्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ,’ भट्टराईले आज ट्वीटरमा लेखेका छन्, ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महँगी बढ्छ । यो अचाक्ली महँगीले जनताको ढाड भाँचिदैछ । खै सरकारी पहल ?’


प्रतिक्रिया दिनुहोस !