१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

नेप्सेमा फेरि ३१ अंकको गिरावट, दुई कम्पनीको मूल्यमा सर्किट



काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३१.२१ अंकले घटेको छ । बजेट घोषणादेखि निरन्तर घटिरहेको बजार मंगलबार भने ३७.४९ अंकले बढेको थियो ।

बुधबार कुल २२९ कम्पनीको २० हजार ४२० वटा कारोबारबाट ३० लाख ३४ हजार ४८३ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार सबै उपसमूह राताम्ये देखिए ।

घट्दो बजारमा समेत ग्लोबल आईएमई सम्मुनत योजनाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.७५ पैसा पुगेको छ । यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ८७३.४० पुगेको छ ।

युनाइटेड आईडीआई मार्दी आरबी हाइड्रोपावरका लगानी कर्ताले सबैभन्दा बढी गुमाए । ६.४८ प्रतिशतले घटेर यसको मूल्य ६१५.३० पुगेको छ । यस्तै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको मूल्य ५.६२ प्रतिशतले घटेर १८३ रुपैयाँमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस !