१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

काठमाडौंमा बिहानैदेखि वर्षा



काठमाडौं । नेपालमा पनि विस्तारै मनसुन सक्रिय बन्दै गएको छ । काठमाडौंमा आज (शुक्रबार) बिहानैदेखि पानी परिरहेको छ । दिउँसो केही समय वर्षा रोकिने पनि अपरान्ह फेरि बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंका हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् हिरा भट्टराईले जानकारी दिएका छन् । प्रदेश-१ का केही स्थानमा आज (शुक्रबार) पनि भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशमा पनि केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भट्टराईले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा पनि वर्षाको सम्भावना रहेको छ । आजबाट उक्त प्रदेशमा पनि मनसुनी वायुको प्रभाव देखिने मौसमविद् भट्टराईले जानकारी दिए ।

यी दुई प्रदेशमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहँदै आएकोमा आजबाट मनसुनी वायुको पनि प्रभाव देखिन थालेको हो । विभागका अनुसार प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव रहँदै आएको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदी तथा खोलामा बहाव बढ्ने भएकाले स्थानीयले सतर्क रहनु पर्नेमा उनको जोड छ ।


प्रतिक्रिया दिनुहोस !