१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमालेका जनप्रतिनिधिले माइन्युट च्यातेपछि विदुर नगरपालिकाको नगरसभा स्थगित



नुवाकोट — नेकपा एमालेका जनप्रतिनिधिले माइन्युट च्यातेपछि विदुर नगरपालिकाको नगरसभा स्थगित भएको छ । नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्नका लागि शुक्रबार बोलाइएको नगरसभा सुरु हुनअगाडि नै वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलले निर्णय पुस्तिका च्यातिदिएपछि नगरसभा बस्न नसकेको हो ।

बजेट हेर्न नदिएको भन्दै एमाले जनप्रतिनिधि उपस्थित नभएको र माइनुट च्यातिएपछि नगर प्रमुख राजन श्रेष्ठले नगरसभा असार १४ गतेसम्मका लागि स्थगित गरेका छन् ।

‘असार १० गते शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट ल्याउन नगरपालिकाको जनप्रतिनिधिहरु जिल्ला समन्वय समितिको सभाहल विदुरमा भेला भएको समयमा कार्यपालिका सदस्य एवं वडाध्यक्ष निलमबाबु ढुंगेलले नगरपालिकाको कार्यालयमा प्रवेश गरेर बिहान साढे ९ बजे शाखा अधिकृत रामहरि खनालसँग फोटोकपी गर्न लिएको बैठकको निर्णय पुस्तिकाको पाना च्यातेको छ,’ नगरप्रमुख श्रेष्ठले विज्ञप्तिमा लेखेका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय