७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अमेरिका भर्सेस चीनको सैन्य शक्ति, हेर्नुस्, को कति शक्तिशाली ?



काठमाडौं । अहिले विश्वभरी चीनलाई अमेरिकाको प्रमुख प्रतिस्पर्धी शक्तिका रुपमा लिईन्छ । दोस्रो विश्व युद्धपछि विश्व शक्तिका रुपमा उदाएको अमेरिकाले करिब छ दशकसम्म विश्वभरी आर्थिक, राजनीतिक र सैन्य हिसाबले अधिपत्य जमायो । अझ सन् १९९१ मा सोभियत संघको औपचारिक विघटनपछि विश्व नै एकधुर्वीय बन्न पुग्यो । अमेरिकाको नेतृत्वमा २८ देश रहेको सैन्य संगठन (नेटो) ले विश्वभरी आफ्नो सैन्य अधिपत्य जमायो । अमेरिकाको इराक युद्ध, अफगानिस्तान युद्ध, सिरिया युद्ध र लिवियामाथिको फ्रान्सको सैन्य आक्रमण अमेरिकी नेतृत्वको नेटोको सैन्य हस्तक्षेपका उदाहरण हुन् । सन् २०१२ सम्म चिनियाँ राजनीतिमा सी जिनपिङको उदय नहुँदासम्म अमेरिका विश्व राजनीतिमा हावी देखिन्थ्यो । जब सीको चिनियाँ राजनीतिमा उदय भयो त्यसपछि चीनले बाह्य राजनीतिमा हस्तक्षेपको नीति लियो त्योसँगै अमेरिकी एक धुर्वीय युग ओरालोतर्फ लाग्यो । अहिलेको रुस युक्रेन युद्धमा पनि नेटो प्रत्यक्ष रुपमा संलग्न छैन ।

पछिल्लो समय चीनले ताईवानमाथि सैन्य आक्रमणको चेतावनी दिईसकेको छ । केही समयअघि भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेप पूर्णरुपमा असफल भयो । अफगानिस्तानबाट हार बेहोरेर अमेरिका घर फर्कियो । सिरियामा बसर अल असदविरुद्धको अमेरिकी विद्रोहीको नराम्ररी हार भयो । केही समयअघि टर्कीमा पनि अमेरिकी समर्थनसहितको सैन्य कू नराम्ररी तुहियो । यसरी अमेरिकी हस्तक्षेपकारी भूमिका एकपछि अर्को गरि असफल भएका छन् । विश्व बहुधुर्वमा पुगिसकेको छनक विश्व राजनीतिमा देखिईसकेको छ । अब अमेरिकी नेतृत्वको नेटो र रुस चीन नेतृत्वको अर्को शक्तिशाली ध्रुवको उदय भईसकेको विश्वास गरिन्छ ।

त्यति मात्रै होईन, आर्थिक र सैन्य रुपमा उदाउँदो महाशक्ति चीन एक्लैले अमेरिकासँग तीव्र रुपमा प्रतिस्पर्धा गरिरहेको देखिन्छ । रुस सैन्य रुपमा बलियो भएपनि आर्थिक रुपमा अमेरिका भन्दा निक्कै कमजोर रहेको छ । जबकी चीनले आर्थिक, सैन्य र प्रविधिका क्षेत्रमा अमेरिकालाई पन्छाईरहेको छ । त्यसलै आज अमेरिका र चीनको सैन्य शक्तिका बारेमा विश्व भरी चासो रहेको छ । आज हामीले अमेरिका र चीनको सैन्य शक्तिका बारेमा ग्लोबल फायर पावरको डाटा अनुसारको सैन्य शक्तिका बारेमा जानकारी लिने प्रयत्न गरेका छौँ ।

जनसंख्या

अमेरिको जनसंख्या ३३,४९,९८,३९८ रहेको छ । जुन विश्वकै तेस्रो बढी जनसंख्या हो । जबकी चीनको जनसंख्या १,३९,७८,९७,७२० रहेको छ । जुन विश्वको एक नम्बर बढी जनसंख्या हो ।

रक्षा बजेट

अमेरिकाको रक्षा बजेट संसारको एक नम्बरमा छ । अमेरिकाको रक्षा बजेट सात खर्ब सत्तरी अब (७७०,०००,०००,०००) अमेरिकी डलर रहेको छ । जुन चीनको भन्दा करिब अढाई गुणा बढी हो । गलोबल फायर पावर २०२२ अनुसार चीनको रक्षा बजेट अमेरिकापछि दोस्रो स्थानमा रहेको छ । चीनको रक्षा बजेट दुई खर्ब तीस अर्ब अमेरिकी डलर (२३०,०००,०००,०००) रहेको छ ।

एयर क्राप्ट

अमेरिकी सेनासँग १३२४७ एरय क्राप्ट रहेका छन् । जुन विश्वकै एक नम्बर सख्या हो । अमेरिकाको तुलनामा चीनसँग न्यून एरक्राप्ट रहेका छन् । जसको संख्या ३२८५ अर्थात् विश्वको तेस्रो बढी संख्या हो ।

फाईटर एयर क्राप्ट
अमेरिकी सेनासँग १९५७ फाईटर एरय क्राप्ट रहेका छन् । जुन विश्वकै एक नम्बर सख्या हो । अमेरिकाको तुलनामा चीनसँग करिब ७०० कम अर्थात् १२०० फाईटर एरक्राप्ट रहेका छन् । जुन विश्वको दोस्रो बढी संख्या हो ।

हेलिकप्टर

फाईटर, एयर क्राप्टमा मात्र नभई अमेरिका हेलिकप्टरमा पनि चनि भन्दा धेरै बलियो रहेको छ । अमेरिकी सेनासँग ५४६३ हेलिकप्टर रहेका छन् । जुन विश्वकै एक नम्बर सख्या हो । अमेरिकाको तुलनामा चीनसँग ९१२ मात्र रहेका छन् । जुन संख्या विश्वको तेस्रो बढी हो ।

अट्याक हेलिकप्टर

अमेरिकी सेनासँग ९१० अट्याक हेलिकप्टर रहेका छन् । जुन विश्वकै एक नम्बर सख्या हो । अमेरिकाको तुलनामा चीनसँग करिब ७०० कम अर्थात् २८१ संख्या रहेको छ । जुन विश्वको तेस्रो बढी संख्या हो ।

ट्याङ्क क्षमता
अमेरिकी सेनासँग विश्वकै एक नम्बर ६६१२ ट्याङ्कहरु रहेका छन् । अमेरिकाको तुलनामा चीनसँग करिब १३६२ कम अर्थात् ५२५० संख्या रहेको छ । जुन विश्वको चौथो बढी संख्या हो ।

आर्मोड भेकल
अमेरिकी सेनासँग ४५,१९३ आर्मोड भेकल रहेका छन् । जुन विश्वकै एक नम्बर सख्या हो । अमेरिकाको तुलनामा चीनसँग करिब १०,१९३ कम अर्थात् ३५,००० आर्मोड भेकल रहेका छन् । जुन विश्वको दोस्रो बढी संख्या हो ।

सेल्फ प्रोपेल्ड आर्टलरी
अमेरिकी सेनासँग १,४९८सेल्फ प्रोपेल्ड आर्टलरी रहेका छन् । जुन विश्वकै ४ नम्बर बढी संख्या हो । अमेरिकाको तुलनामा चीनसँग करिब २६२२ बढी अर्थात् ४१२० सेल्फ प्रोपेल्ड आर्टलरी रहेका छन् । जुन विश्वको दोस्रो बढी संख्या हो ।

टाउड आर्टलरी

अमेरिकी सेनासँग १३३९ टाउड आर्टलरी रहेका छन् । जुन विश्वकै बाह्रौ बढी संख्या हो । अमेरिकाको तुलनामा चीनसँग करिब ४०० बढी अर्थात् १७३४ टाउड आर्टलरी रहेका छन् । जुन विश्वको दशौँ बढी संख्या हो ।

मोबाईल रकेट प्रोजेक्टर

अमेरिकी सेनासँग विश्वकै चौथो बढी मोबाईल रकेट प्रोजेक्टर रहेका छन् । जसको संख्या १३६६ रहेको छ । अमेरिकाको तुलनामा चीनसँग १७९४ बढी संख्यामा मोबाईल रकेट प्रोजेक्टर रहेका छन् । जुन विश्वको दोस्रो बढी संख्या हो ।

नेभी पावर

अमेरिकी सेनासँग जम्मा ४८४ नेभी रहेका छन् । जुन विश्वकै तेस्रो बढी संख्या हो । अमेरिकाको तुलनामा चीनसँग २९३ बढी अर्थात् ७७७ नेभी रहेका छन् । जुन विश्वको एक नम्बर बढी संख्या हो ।

एयर क्राप्ट क्यारियर

अमेरिकी सेनासँग विश्वकै पहिलो नम्बर १३ वटा एयर क्राप्ट क्यारियर रहेका छन् । जबकी चीनसँग २ वटा मात्रै एयर क्राप्ट क्यारियर रहेका छन् । जुन विश्वको दोस्रो बढी संख्या हो ।

सबमेरिन

अमेरिकी सेनासँग जम्मा ६८ सबमेरिन रहेका छन् । जुन विश्वकै दोस्रो बढी संख्या हो । जबकी चीनसँग ७९ वटा सबमेरिन रहेका छन् । जुन विश्वको एक नम्बर बढी संख्या हो ।

पेट्रोल भेसल

अमेरिकी सेनासँग जम्मा १० वटा पेट्रोल भेसल रहेका छन् । जुन विश्वकै चालिस नम्बर बढी संख्या हो । जबकी चीनसँग १५२ वटा पेट्रोल भेसल रहेका छन् । जुन विश्वको पाँचौ नम्बर बढी संख्या हो ।

माईन वारफेयर

अमेरिकी सेनासँग जम्मा ८ माईन वारफेयर रहेका छन् । जुन विश्वकै आठौँ नम्बर बढी संख्या हो । जबकी चीनसँग ३६ वटा माईन वारफेयर रहेका छन् । जुन विश्वको २ नम्बर बढी संख्या हो ।


प्रतिक्रिया दिनुहोस !