१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

यौन शोषण गर्न नपाएपछि सिनो हाइड्रोपावरमा कार्यरत दुई युवतीमाथि कुटपिट



काठमाडौं । चिनियाँ लगानी रहेको सिनो हाइड्रो सगरमाथा पावर प्रालिको कर्पोरेट कार्यालयमा कार्यरत एक पूर्वकर्मचारीले सोही कार्यलयमा कार्यरत दुई युवतीमाथि यौन दुर्व्यवहार र कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ ।

सिनो हाइड्रोमा कार्यरत दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले सोही कार्यालयमा कार्यरत रही केहीअघि मात्रै राजीनामा दिएर बाहिरिएका कर्मचारी अनिल नकर्मी विरुद्ध कुटपिट र यौन दुर्व्यवहार आरोपमा बुधबार काठमाडौं प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका हुन् । शनिबार पुनः दुवै पीडितका तर्फबाट वृत्तमा आरोपित नकर्मीविरुद्ध अभद्र व्यवहारको कसुरमा पनि जाहेरी परेको छ ।

दुर्व्यवहार र कुटपिट एक वर्षअघि भए पनि आरोपित नकर्मीलाई सिनो हाइड्रोले पुनः नियुक्ति दिन खोजेपछि घटना बाहिरिएको हो ।

नकर्मीले यौन शोषण गर्न खोजेको आरोपमा सिन्धुपाल्चोककी २४ वर्षीया पीडितले २०७८ वैशाखमा सिनो हाइड्रोको व्यवस्थापनलाई छानबिन गरी कारबाहीको मागसहित उजुरी दिएकी थिइन् । बारम्बार आफूसँग विवाहको प्रलोभन दिएर यौन शोषण गर्न खोजेको र नमानेपछि कुटपिट गरेको भन्दै ती युवतीले नकर्मीविरुद्ध २०७८ वैशाख ३ मा व्यवस्थापन समक्ष उजुरी दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !