१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

क्यानडा टुर र लिग–२ का लागि नेपाली टोली घोषणा, अटाएनन् धमला, भारी र ढकाल



काठमाडौं । क्यानडा टुर र लिग–२ का लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । लिग–२ का लागि अमेरिका भ्रमण गरेको टिमबाट सुनिल धमला, सुशन भारी र सागर ढकाल टिम बाहिर परेका छन् । बसिर अहमद र पवन सर्राफ भने टिममा अटाएका छन् ।

टोलीका अन्य सदस्यहरुमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेष, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेष, करन केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी छन् । नेपालले असार १७ ओन्टारियोसँग एक दिवसीय अभ्यास खेल खेल्नेछ । त्यस्तै, नेपालले क्यानडासँग असार २० र २१ गते गरी दुईवटा खेल खेल्ने तालिका छ ।


प्रतिक्रिया दिनुहोस !