७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

बजेट काटिदिएको गुनासो लिएर सुदूरपश्चिमका मन्त्री काठमाडौंमा



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् ।

सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् ।

‘हामीले मन्त्रालयबाट सिफारिस गरेको ठूलो संख्याका योजना काटेर अर्थमन्त्रीज्यूले आफूखुसी बजेट डाइभर्ट गरेर अन्य मन्त्रालयमा हाल्नुभएको छ’, मन्त्री बोहरा निकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यसैले प्रधानमन्त्रीज्यू र गठबन्धनका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएर गल्ती सच्याउन दबाव दिन मन्त्रीज्यू काठमाडौं जानुभएको हो ।’


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय