१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

काठमाडौंमा ९ जनामा देखियो हैजा



काठमाडौं । कोरोना महामारीपछि हैजा महामारी व्यापक रुपमा फैलिन लागेको संकेत देखिएको छ । केही समयअघि न्यून संख्यामा देखिएको हैजा अहिले काठमाडौं उपत्यकाभित्र ९ जनामा हैजा देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोट, नैकाप, पाटनलगायत स्थान गरी ९ जनामा हैजा देखिएको हो । ललितपुर महानगरपालिकामा हैजा भेटिएपछि आइतबारदेखि सडकमा बेचिने पानीपुरी, चटपटेलगायत खानेकुरा बिक्री गर्न रोक लगाएको छ ।

जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नाले हैजा कोरोनाजस्तै महामारीकै रुपमा फैलनसक्ने अवस्था पनि देखिएको बताएका छन् ।

के हो हैजा ?
हैजा पानीजन्य सरुवा रोग हो । दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा पनि सर्छ। हैजा गम्भीर खालको झाडापखाला हो। यदि यसको उपचार समयमा भएएन भने संक्रमित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ । हैजा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुने चिकित्सकहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय