
काठमाडौं । लोक गायिका दिलमाया सुनारको रहस्यमय मृत्यु प्रकरणमा जोडिएका सूर्य श्रेष्ठले आफूले हत्या नगरेको बयान दिएका छन्। शनिबार बिहान ११ बजे नेपालटारस्थित कोठामै दिलमाया रहस्यमय अवस्थामा मृत भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउ परेका उनले सुरूदेखि नै दिलमायाको हत्या नगरेको बयान दिइरहेका छन्।
सूर्यले दिलमायाले पासोका रुपमा प्रयोग गरेको सल आफूले चक्रपथस्थित सडकको नालीमा फ्याँकिदिएको बताएका थिए। उनकै सूचनाअनुसार त्यहाँ पुगेको उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले दिलमायाले पासो लगाउन प्रयोग गरेको भनिएको सल बरामद गरेको छ। सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य श्रेष्ठ भन्ने खिलबहादुर श्रेष्ठ र सुर्खेतकी लोक गायिका दिलमायाबीच निकट सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार सूर्य चार सन्तानका बाबु हुन्न भने गायिका दिलमाया एक छोराकी आमा हुन्। उनी पतिसँग डिभोर्स गरेर नेपालटारमा एक्लै बस्दै आएकी थिइन्। प्रहरीसँगको बयानमा शुक्रबार राति दिलमायाकै कोठामा दुवैजनाले लोकल रक्सी पिएका थिए। हामी दुवैले शुक्रबार राति दिलमायाकै कोठामा राति लोकल रक्सी पिएर अबेरसम्म बस्यौँ उनले बयानमा भनेका छन्, त्यसपछि हामी दुवैजना त्यही कोठामा सुतेका हौँ। तर बिहान ब्यूँझिएर हेर्दा दिलमाया सुतेकै ओछयानमाथि झुन्डिरहेको देखेँ।
उठ्दा झुन्डिराखेको देखेपछि दिलमायाले लगाएको पासो आफैंले खोलेको पनि उनले बयानमा भनेका छन्। झुन्डिएको देखेपछि त्यतिखेरै दिलमायाको घाँटीको पासो हतार हतार खोले उनले बयानमा भनेका छन्, तर सल खुस्काएर हेर्दा उनको शरीर चिसो भइसकेको थियो, सायद निकै अगाडि निधन भइसकेको रहेछ ।
आफैंसँग रक्सी पिएर सुतेकी दिलमायाको मृत शरीर छाडेर उनी त्यहाँबाट भागेका थिए। त्यो देखेपछि मलाई बहुतै डर लाग्यो। अनि मैले सल लगेर सडकको नालीमा फ्याँकिदिएर हिँडे, उनले बयानमा अगाडि भनेका छन्म, लाई डर लाग्यो। अरुले थाहा पाउँछन् भनेर भागेको हुँ। सल पनि डरले फ्याँकिदिएको थिएँ। सूर्यले बयानका क्रममा दिलमायाले पहिलेदेखि नै आत्महत्या गर्ने कुरा गर्ने गरेको पनि प्रहरीलाई बताएका छन्।
दिलमायाले पहिलेदेखि नै आत्महत्या गर्ने कुरा गरिरहन्थी उनले प्रहरीलाई भनेका छन् । बारम्बार त्यो कुरा गरिरहन्थी तर किन त्यस्तो कुरा आउँथ्योरु थाहा भएन, मैले दिलमायाको हत्या गरेको होइन। सुर्खेत घर भएकी सुनारले मृत भेटिनुअघि फेसबुकमा लामो स्टाटस लेख्दै आफूले जीवनसँग हार खाएको बताएकी थिइन्।
आफूलाई बाँच्न मुस्किल भएको भन्दै स्टाटस लेखेकी सुनार शनिबार मृत भेटिएकी थिइन्। लाइभ दोहोरीका कारण चर्चामा आएकी दिलमायाको शनिबार बिहान नेपालटारस्थित कोठामै शव भेटिएपछि प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको थियो। सुरुमा आत्महत्या आशंकामा अनुसन्धान थालेको प्रहरीले घटनास्थलबाट उनले प्रयोग गर्ने मोबाइल फोन र झुन्डिन प्रयोग गरेको भनिएको सल फेला पार्न सकेको थिएन। त्यही क्रममा सूर्य पनि समातिएका हुन्। दिलमायाको शव अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। आफन्तहरु सुर्खेतबाट आइनपुगेकाले पोस्टमार्टम गर्न बाँकी नै छ।