१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

द्वन्द्वकालीन मुद्दा मिल्न नदिन डलरको चलखेल : देव गुरुङ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले द्वन्द्वकालीन घटनामा अन्तर्राष्ट्रिय फौजदारी अदालत आकर्षित नहुने बताउनु भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा नेता गुरुङले द्वन्द्वकालीन समस्या राष्ट्रिय समस्या रहेको र यसको समाधान पनि राष्ट्रियस्तरबाट नै हुनुपर्ने बताउनुभएको हो ।

आफ्नै देशको समस्यालाई हामीले समाधान गर्न राष्ट्रिय सहमति जुटाउन नसक्दा केही डलरवादीहरूले खेल्ने गरेको उहाँको आरोप छ । गुरुङले भन्नुभयो, ‘यो राष्ट्रिय मुद्दा हो, राष्ट्रिय रूपमा व्यवस्थापन गरिनुपर्छ । राष्ट्रिय मुद्दा हुँदाहुँदै पनि कतिपय पश्चिमा मानवअधिकारको नाममा खुलेका संस्थाहरूले जुन ढङ्गले डलरको खेती गरिरहेका छन्, नेपालीहरूबीच मिल्न नदिने र द्वन्द्व व्यवस्थापन गर्न नदिने चलखेल भइरहेको छ ।’

साथै उहाँले दलहरूलाई मिलेर अगाडि बढ्न नदिने प्रवृत्ति देशको स्वाधीनताको निम्ति आत्मघाती कार्य भएकाले यसलाई रोक्दै द्वन्द्वकालीन घटनालाई उचालेर नेताहरूको विदेश भ्रमणसमेत प्रभावित पार्न खोजिएकोतर्फ सबै दलको ध्यानाकर्षण गराउनु भएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय