१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चीनले लद्दाखमा अत्याधुनिक सैन्य क्षमता बढाएपछि भारतमा छटपटी



काठमाडौं । चीनले दुई वर्षमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आफ्नो सैन्य शक्ति र हतियार क्षमता बढाएको भारतीय अङ्ग्रेजी पत्रिका द हिन्दूले दाबी गरेको छ । एलएसीको पश्चिमी क्षेत्रमा चीनले १०० किलोमिटर सडक निर्माण गरेको छ। सैनिकको संख्यामा उल्लेख्य वृद्धि गरेका छ साथै लामो दुरीका हतियार, रकेट प्रणाली, आधुनिक प्रतिरक्षा प्रणाली जडान गरिएको छ । योसँगै चीनले धावनमार्ग विस्तार गरेको छ र लडाकु विमान राख्नको लागि ठाउँ बढाएको छ ।

एक आधिकारिलाई उदृत गर्दै द हिन्दु लेख्छ, २०२० मा अवरोध सुरु हुनु अघि नियन्त्रण रेखाको पश्चिमी क्षेत्रमा २०,००० सैनिक अटाउने पूर्वाधारको क्षमता थियो । तर अहिले एक लाख २० हजार सैनिक अटाउन सक्ने पूर्वाधार तयार पारेको देखिन्छ । चीनले एलएसीमा सौर्य ऊर्जा र साना जलविद्युत परियोजनाहरू पनि सुरु गरेको छ। यसले चिनियाँ सैनिकहरूलाई जाडोमा लद्दाखमा बस्न मद्दत गर्नेछ। स्रोतका अनुसार चीनले एलएसी नजिक आधुनिक गाउँ पनि निर्माण गरिरहेको छ । यो चीनको सीमाबाट १०० किलोमिटर टाढा छ।

पूर्वी लद्दाखमा समय समयमा सिनजियाङ मिलिटरी डिस्ट्रिक्ट अन्तर्गत चार पीएलए (चिनियाँ सेना) डिभिजनहरू बदलिन्छन्। २०२० मा अवरोध सुरु हुँदा, चौथो र छैटौं डिभिजनहरू तैनाथ गरिएको थियो, जसलाई २०२१ मा आठौं र एघारौं डिभिजनले प्रतिस्थापन गरेको थियो। यस वर्ष फेरि चौथो र छैठौं डिभिजन खटाइँदैछ । यी सबै डिभिजनलाई कम्बाइन्ड आर्म्स ब्रिगेडमा परिणत गर्ने प्रक्रिया चलिरहेको छ । उपकरण स्तरोन्नति लगभग सकिएको छ।

स्रोतका अनुसार चौथो डिभिजनमा सशस्त्र रेजिमेन्ट रहेको छ, जसमा जेडटीजेड ८८ पहिलो पुस्ताको ट्याङ्कीलाई जेडटीक्यु १५ तेस्रो पुस्ताको आधुनिक लाइट ट्याङ्कीले प्रतिस्थापन गरेको छ। यद्यपि, छैठौं डिभिजनमा टाइप ९६ दोस्रो पुस्ताका ट्याङ्कहरूमा कुनै परिवर्तन गरिएको छैन। प्राविधिक दृष्टिकोणले ट्याङ्कीको आगो नियन्त्रण प्रणालीमा सुधार गरिएको छ । त्यस्तै, हवाई क्षमता एलएसी नजिकैको एयरबेस स्तरोन्नति गरिएको छ । यसमा लडाकु विमानहरू र ठूला रनवेहरू राख्नको लागि ठाउँको विस्तार पनि समावेश छ। चिनियाँ सेनाले शिगाट्ज र रुडोकमा हेलीपोर्टहरू निर्माण गरेको छ र गर्गुन्श, ल्हासा र ग्वान्झाउमा रनवे स्तरोन्नति गरेको छ।

स्रोतका अनुसार लामो दूरीका हतियारको कुरा गर्दा पीएलएले ५० किमी टोड होविट्जरको ठाउँमा ट्रक होविट्जरहरू तैनाथ गरिएको छ। यसले सेनाको गतिशीलता बढाउनेछ र आक्रमणलाई सजिलो बनाउनेछ। त्यस्तै पीएलएले पीएचएल ३ मल्टी रॉकेट लॉन्च सिस्टम बहुरकेट प्रक्षेपण प्रणाली तैनाथ गरेको छ, जसको दायरा १०० किलोमिटर छ। स्रोतका अनुसार पूर्वी क्षेत्रमा चीनले एलएसीबाट ५० किलोमिटर टाढा आर्टिलरी बन्दुकहरू पनि दायरा भित्र राखिएको छ। यद्यपि, गतिरोध पछि, भारतले पनि एलएसी तर्फ आफ्नो सैन्य क्षमता र राम्रो पूर्वाधार विस्तार गरेको छ।


प्रतिक्रिया दिनुहोस !