२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

एआईजी पोखरेलको घर ठेगानामा म्याद तामेल गर्ने प्रहरी हेडक्वार्टरको तयारी



काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल जेठ २५ बाट कार्यालयमा हाजिर भएका छैनन् । उनले मागेको बिदा आईजीपी धिरज प्रताप सिंहले दोस्रोपटक अस्वीकृत गरे । जेठ २५ बाट गैर हाजिर भएका पोखरेललाई काममा फर्किन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । तर, उनी अदालतमा विचाराधीन मुद्दाको टुङ्गो नलागुन्जेल काममा नफर्किने बताउँछन् ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि पोखरेलले पेश गरेको ३० दिनको बिदा पूर्व आईजीपी शैलेश थापाले क्षेत्रीले स्वीकृत गरेका थिए । सो बिदा सकिएपछि पोखरेलले थप दुई पटक बिदा मागेका हुन् । आईजीपी बढुवा विरुद्ध उनले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाइ भइरहेको छ । मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासमा असार १९ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।

जेठ २५ र असार ६ मा पोखरेलले मागेको बिदा अस्वीकृत गरेर प्रहरी प्रधान कार्यालयले उनको घर ठेगानामा ‘हाजिर हुन आउने’ म्याद तामेल गर्ने तयारी गरेको छ । एआईजी पोखरेललाई इमेल र म्यासेजमार्फत बिदा अस्वीकृत भएको जानकारी गराएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय