१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

टाट पल्टियो आयल निगम, तेलको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै



काठमाडौं । भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम पूर्णरूपमा टाट पल्टेको छ । लामो समयदेखि घाटामा पेट्रोलियम पदार्थको बिक्री गर्दै आइरहेको निगम पूर्णरूपमा टाट पल्टिएको हो । यससँगै, केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने भएको छ । खासगरी, अर्थ मन्त्रालयले निगमलाई सोधभर्ना गर्नुपर्ने ३ अर्ब रुपैयाँका लागि निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको जग्गा बैंकमा धितो राख्न लागेको हो ।

यतिबेला एक लिटर पेट्रोलको लागत मूल्य २१२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २०५ रुपैयाँ छ । यसमध्ये, निगमले शनिबारसम्म १९९ रुपैयाँमा पेट्रोल र १९३ रुपैयाँ प्रतिलिटरमा डिजेल बिक्री गर्दै आइरहेको थियो । यसो गर्दा निगमले मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटा ब्यहोर्‍यो । जबकी, डिजेल र मट्टितेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर समायोजन गरेपछि निगमलाई मासिक ५ अर्ब घाटा थपिएको छ ।


प्रतिक्रिया दिनुहोस !