१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विवाह गरेको दोस्रो महिनामै गर्भवती भईन् आलिया भट्ट



काठमाडौं । आलिया भट्टले विवाह गरेको दोस्रो महिनामा आफू गर्भवती भएको घोषणा गरेकी छिन् । यसको जानकारी आलियाले आफ्नो सोसल मिडियामार्फत् दिएकी हुन् । इन्स्टाग्राममा सेयर गरिएको एक तस्बिरमा आलिया अस्पतालको बेडमा सुतिरहेकी छिन् र आफ्नो बच्चाको अल्ट्रासाउन्डको तस्बिर हेरेर दङ्ग छिन् । रणबीर कपुर पनि उनीसँगै देखिएका छन् । यी दुईको तस्बिर हाल चर्चाको विषय बनेको छ । आलिया भट्ट २९ वर्षकी पुगिन् र करियरको हिसाबले उनी हाल उत्कर्षमा छिन् । स्वास्थ्यविज्ञको अनुसार महिलाले ३० वर्षअघि नै परिवारको योजना बनाउनुपर्छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय