१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

के राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् ?



काठमाडौं । अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा यी दुईबीच भेट भएको हो । भेटको अवसर सङ्गीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त भेट राजेश हमाल र प्रचण्डको इच्छाअनुसार गराइएको चेतन सापकोटाले बताए । भेटवार्ता करिब आधा घण्टा भएको थियो ।

भेटमा समसामयिक देशको राजनीति, श्रीलङ्काको राजनीति र अन्य गतिविधिका विषयमा छलफल भएको चेतन सापकोटाले जानकारी दिए । राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेका हुन् र ? भन्ने सोधेको प्रश्नमा चेतनले आफूलाई यसबारे केही पनि थाहा नभएको बताए । यसबारे चेतनले भने, ‘म पाँच मिनेट जति मात्रै प्रचण्ड र राजेश हमालसँग भित्र बसेको थिएँ ।

त्यसपछि बाहिर गएँ । १५–२० मिनेट उहाँहरुले छुट्टै वार्ता गर्नुभएको थियो । त्यसैले मलाई यस विषयमा केही पनि थाहा भएन ।’ पछिल्लो समय राजेश हमाल माओवादीमा प्रवेश गर्न लागेको चर्चा व्यापक थियो । यो भेटले उक्त चर्चालाई थप बल दिएको छ ।


प्रतिक्रिया दिनुहोस !