११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

वैवाहिक जीवनमा बाँधिए अभिनेत्री नीता र ज्योतिषी हरिहर



काठमाडौं । अभिनेत्री नीता ढुंगाना वैवाहिक बन्धनमा बाँधिएकी छन् । अभिनेत्री ढुंगानाले शुक्रबार (आज) ज्योतिषी एवं अभिनेता हरिहर अधिकारीसँग विवाह गरेकी हुन् । नीता र हरिहरको काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा विवाह भएको हो । विगत चार वर्षदेखिको प्रेम सम्बन्धलाई नीता र हरिहरले दाम्पत्य जीवनमा परिणत गरेका हुन् । उनीहरुको वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !