१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

श्रीलंकाका राष्ट्रपति सरकारी निवासबाट भागेपछि सुईमिङ पुलमा पौडी खेलेर घर फर्किए प्रदर्शनकारी !



काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा प्रदर्शनकारीहरू शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन् । प्रदर्शनकारी आवासीय निवासमा प्रवेश गर्नुअघि राष्ट्रपति राजापाक्षे सुरक्षित स्थानमा भागिसकेका थिए । यद्यपि उनी कहाँ गएका छन् भन्ने केही बताइएको छैन । राष्ट्रपति निवासको प्रदर्शनकारीले सुईमिङ पुलमा पौडी खेलेको भिडियो भाईरल भईरहेको छ । कोलम्बोमा अहिले स्थिति तनावपूर्ण छ । प्रदर्शनकारीले राष्ट्रपति गोटोबाया राजापाक्षे वर्तमान संकटको लागि जिम्मेबार भन्दै उनको राजीनामा माग गरिरहेका छन् । यसअघि प्रधानमन्त्री पदमा आसिन गोटाबायाका दाई महिन्दा राजापाक्षले विरोधपछि राजीनामा दिएका थिए ।

शनिबार बृहत प्रदर्शन आह्वान गरिएको थियो । सडकमा उत्रिएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको समाचार एजेन्सीले लेखेका छन् । यसबाट केही घाइते भएपनि भिडलाई त्यसले खासै प्रभाव पार्न सकेको छैन । यसबीच, देशका प्रधानमन्त्री रनिल विक्रमबहादुरले विभिन्न पार्टी नेताहरु सम्मिलित आकस्मिक बैठक बोलाएका छन् । श्रीलंकामा लामो समयदेखि मूल्यवृद्धि र अत्यावश्यक वस्तुको अभावको विरोधमा प्रदर्शन भइरहेको छ । शनिबारको प्रदर्शनमा सहभागी हुन देशका विभिन्न भागबाट मानिसहरु कोलम्बो पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस !