७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कार्ल मार्क्सलाई बलात्कारी भनेर लेख लेख्ने तिवारीको दाबी : संगीत श्रोताले यौन दुर्व्यवहार गरेकै हुन्



काठमाडौं । लेखक तथा स्तम्भकार सरिता तिवारीले फेसबुक लाइभमार्फत कवि संगीत श्रोताले यौन दुर्व्यवहार गरेको बताएकी छन् । साथै उक्त घटनामाथि छलफलका क्रममा संलग्न व्यक्तिहरूको नाम पनि उल्लेख गरेकी छन् । उनले आफ्नो कविता संग्रह ‘प्रश्नहरूको कारखाना’ को सम्पादनको क्रममा ०७२ सालमा संगीतले यौन दुर्व्यवहार गरेको बताएकी हुन् । उक्त दुर्व्यवहारले आफू तनाव र ट्रमामा रहेर यतिन्जेलसम्म झेलेर बसेको बताएकी छन् ।

लामो समयदेखि महिला हिंसामाथि बोलिरहेकी लेखिरहेकी तिवारीले समाचार सार्वजनिक भएपछि सम्पूर्ण घटनाको फेहरिस्त लाइभ मार्फत बताएकी हुन् । नेपाल प्रेस अनलाईनमा ६ वर्षअघिको सो घटनाबारे उनले संगीतको प्रतिरोध आन्दोलनका सदस्य मनोज खतिवडा र अनिता पण्डितलाई लिखित उजुरी गरेको तथा केही लेखक अभियन्ताको मध्यस्थतामा सहमति गरिएको समाचार प्रकाशन भएपछि उनी आफैँ फेसबुक लाइभमा आएर आफूमाथि भएको हिंसा सार्वजनिक गरेकी हुन् ।

संगीतलाई आफूले दिदी र आफूले संगीतलाई भाइ भन्ने गरेको भन्दै बितेका यी वर्षहरू आफ्नो लागि निकै पीडादायी भएको बताएकी छन् । उनले प्रगतिशील लेखक संघ तथा सोही वैचारिक अभियानमा रहँदाका कुरा सुनाउँदै उनले आफू स्तम्भ लेखनमा आएपछि वामपन्थी बुद्धिजीवीका दोगलापनबारे उजार गर्ने क्रममा मार्क्सलाई बलात्कारी भनेर लेखे लेखेको सुनाइन् । आफूले उक्त लेख लेख्ने बेला धेरै नाम चलेका लेखक तथा बुद्धिजीवीको अनुहार याद आएको भन्दै सबैभन्दा बढी संगीत स्रोतालाई नै सम्झिएको तिवारीले बताइन् ।


प्रतिक्रिया दिनुहोस !