१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

संगीत स्रोताले मलाई च्याप्प समातेर गालामा किस गर्‍यो : सरिता तिवारी



काठमाडौं । लेखक संगीतमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । पुस्तक सम्पादनका क्रममा लेखक संगीतले आफूमाथि यौन दुर्व्यवहार गरेको एक लेखकले शनिबार साँझ फेसबुक लाइभमार्फत बताएकी हुन् ।

पीडित लेखकका अनुसार उनी पुस्तक सम्पादनका क्रममा संगीतकै कोठामा पुगेकी थिइन् । पुस्तकको काम गरेपछि आफूहरु अलग अलग कोठामा सुतेको र बिहानपख आफू सुतिरहेको भान्साकोठाको खाटमा आएर संगीत पल्टिएको भन्दै उनले भनेकी छन्, ‘मैले सोच्नै सकिनँ । म कोठाबाट बाहिर गएँ ।’

कोठामा आएपछि पुस्तकको काम गरेको उनले सुनाइन् । काम सकेर एकछिन कुराकानी गर्ने क्रममा संगीतले आफ्नो हातको चुरा समाएर चुरा किन लगाउनुहुन्छ भनेर सोधेको उनले सुनाइन् । ‘मैले त्यसको उत्तर दिन खोज्दा खोज्दै उसले हात मुसार्न थाल्यो । मैले आफ्नो हात आफूतिर तानें र, भाइ तपाईं सुत्न जानुस् भनें’ उनले भनिन्, यो मान्छेले मसँग एड्भान्टेज लिन खोज्यो भन्ने महसुस भयो । म कमजोर भएँ भने उसले मलाई भ्याउँछ भन्ने लाग्यो ।’

त्यसपछि आफूले उनलाई धकेल्दै ढोकामा पुर्‍याउँदा नपुर्‍याउँदै संगीतले च्याप्प समातेर गालामा किस गरेको उनले सुनाइन् । उनले भनिन्, ‘यो अप्रत्यासित थियो । तिमी र म त दिदी भाइ हो नि भाइ मात्र भन्न सकें ।’ यो घटनापछि आफूले संगीतलाई धकेलेर चुकुल लगाएको र मुश्किलले रात कटाएर भोलिपल्ट घर फर्किएको उनले सुनाइन् ।


प्रतिक्रिया दिनुहोस !