१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बाबुरामको प्रतिवेदन : कम्युनिस्ट घटक पाखण्डी, कांग्रेस खच्चड (प्रतिवेदनसहित)



जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू पक्षीय भेलामा पार्टी रुपान्तरण/पुनर्गठनको औचित्य र कार्यभार विषयक प्रतिवेदन पेश गरेका छन् ।

प्रतिवेदनमा उनले कांग्रेसलाई वैचारिक दृष्टिकोणले उदारवादी–पुँजीवादी संसदीय लोकतान्त्रिक धारको नेतृत्व गर्ने दलको संज्ञा दिएका छन् ।

‘दस्तावेजमा यसले प्रजातान्त्रिक समाजवाद’लेख्ने गर्दछ । तर, उसको नीति, कार्यक्रम र व्यवहारमा समाजवाद अहिलेसम्म कहिँ कतै देखिएको छैन । कांग्रेसले भन्ने गरेको प्रजातन्त्र पनि पुरानो, ठिमाहा वा खच्चड, संसदीय र औपचारिक लोकतन्त्र मात्र रहेको उल्लेख छ,’ प्रतिवेदनमा भनिएको छ, ‘लोकतन्त्रको अझ बढी विकास गर्ने, लोकतन्त्रलाई सहभागितामूलक, प्रत्यक्ष, समावेशी, समानुपातिक, संघात्मक, पूर्ण र शुद्ध ( परफेक्ट एण्ड पियोर ) ढाँचा वा प्रारुपमा विकास गर्नयो पार्टीको कुनै रुचि देखिँदैन ।’

प्रतिवेदनमा कम्युनिस्टहरुमा समूह बीचको भिन्नता दार्शनिक तथा विचारधारात्मक नरहेको उल्लेख छ ।

‘नेपालमा दर्जनौं कम्युनिष्ट समूह छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा ( एकीकृत समाजवादी) ठूला कम्युनिष्ट समूह छन् । साना कम्युनिष्ट पार्टीमा नेमकिपा र नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाले संसदमा प्रतिनिधित्व गर्दछन । संसदमा नभएका नेकपाका अन्य घटकहरु वैद्य, विप्ल्व, आहुति, माले आदि अनेक समूहहरु छन् । सबै समूह सन् १९४९ मा गठन भएको नेकपाबाट फुटेर बनेका हुन् । केवल राजनीतिक कार्यदिशा, कार्यनीति र खासखास एजेण्डाको भिन्नता मात्रै हो,’प्रतिवेदनमा उल्लेख छ।

एउटा गर्ने अर्को पाखण्डी चरित्र प्रदर्शनमा कम्युनिष्टहरु उस्तै रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तो छ प्रतिवेदन


प्रतिक्रिया दिनुहोस !