८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पुरानो विज्ञापन रद्ध गरी सञ्चय कोषले खोल्यो ५८ जनाका लागि नयाँ जागिर



कर्मचारी सञ्चय कोषले पुरानो विज्ञापन रद्ध गरी नयाँ विज्ञापन खोलेको छ । कोषले विभिन्न पदमा गरी ५८ जना माग गरेको छ । कोषले गत मंसिर ०७७ १४ गतेदेखि २४ गतेसम्म ६, ७, ८ र ९ तहका लागि भएको लिखित परीक्षा रद्द गरी विभिन्न पदमा विज्ञापन खोलेको हो । कोषले खुला प्रतियोगितामार्फत स्थायी पूर्ति गर्न लागेको हो। जसअनुसार कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ।

कोषले सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुनु) १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ।

इच्छुक उम्मेदवार यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस !