२७ श्रावण २०७९, शुक्रबार
 |   Fri Aug 12 2022
Logo

सोमपाल र आदिलको धमाकेदार बलिङ, १४४ रनमै अलआउट भयो स्कटल्याण्ड



काठमाडौं । सोमपाल कामी र आदिल आलामले उत्कृष्ट बलिङ गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा स्कटल्याण्डलाई १४४ रनमा अलआउट गरेको छ । ग्लास्कोमा टस जितेर बलिङ गर्ने कप्तान सन्दीप लामिछानेको निर्णयलाई नेपाली बलरले सही सावित गर्दै सुरुवातदेखि नै घरेलु टोलीलाई दबाबमा राखेका थिए । टस हारेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोलीलरे गेभिन मेइनको अर्धशतक मद्दमा स्कटल्याण्डले ४४.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो ।

नवौँ नम्बरमा ब्याटिङ गरेका गेभिनले ५९ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा अविजित ६४ रन बनाए । १० ओभरको पावर प्लेमा २९(३ को अवस्थामा रहेको स्कटल्याण्डले १२ ओभर भित्रनै पहिलो ५ विकेट गुमाएको थियो भने जम्मा ३३ रन मात्र बनेको थियो । त्यसपछि मार्क वाट, सफ्यन सरिफ र गेभिनले इनिङ्स सम्हाले । वाटले १७ र सरिफले १६ रन जोडे । कलुम क्यालोडले १३ रन बनाए । स्कटल्याण्डलाई अलआउट गर्न सोमपाल र आदिलले ३/३ विकेट लिए ।

आदिलले १० ओभरमा १ मेडन राखेर ३१ तथा सोमपालले १० ओभरमा ४० रन खर्चिए । कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर २ विकेट लिए । करण केसीले १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए । सोमपालले खेलको दोस्रो ओभरमै म्याथ्यु क्रसलाई आउट गर्दै नेपाललाई सफलता दिलाएका थिए । करण केसीले सातौँ ओभरमा कलुम म्यालोडलाई आउट गरे । त्यसपछि सोमपाल र आदिल मिलेर स्कटिस मिडल ओभर ध्वस्त पारे ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय